
जापानमा मोर्डनाको कोभिड–१९ बिरुद्धको खोप लगाएका तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
जापानका स्वास्थ्य अधिकारीका अनुसार मोर्डनाको खोप लगाए पछि निधन भएको पुष्टि भएको छ ।
जापानको स्वास्थ्य विभागले मोर्डनाको खोपमा बाह्य धातुका कणहरु पाइएपछि खोप फिर्ता पठाउने निर्णय गरेको थियो ।
यो खोप लगाए पछि गत अगस्त ११ का दिन ४९ वर्षीय व्यक्तिको निधन भएको थियो । यस्तै अगष्टमै खोप लगाएकै कारण अर्को एक जनाको पनि ज्यान गएको थियो ।
यसबारेमा अनुसन्धान भैरहेको मन्त्रालयले जनाएको छ । जापानले स्पेनमा निर्मित मोर्डनाको कोभिड–१९ बिरुद्धको खोप तीनचरणमा गरेर १६ लाख डोज ल्याएको थियो ।
दुई जनाको मृत्यु भए पछिको प्रतिक्रियामा मोर्डेनाका जापानी वितरक टाकेडा फार्मास्यूटिकलले वक्तब्य जारी गरी स्पेनद्वारा उत्पादित खोपहरुमा बाह्य कण पाइएको स्वीकार गरेको थियो । धातुको दुई सामग्रीहरु बीच घर्षणको कारण बाह्य कण मिसिएको कम्पनीले स्वीकार गरेको छ । तर मोर्डेनाको खोप लगाएर कसैको पनि दुखद मृत्यु भएको कुनै प्रमाण नभएको कम्पनीले दाबी छ ।
कम्पनीले गरेको स्वास्थ्य मुल्यांकनपछि “मोर्डेना कोभिड–१९ को खोपमा स्टेनलेस स्टील कणहरुको दुर्लभ उपस्थितिले बिरामीको सुरक्षामा अनावश्यक जोखिम पैदा नगर्ने प्रष्ट पारेको छ ।