
फाइल फोटो
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्ला समेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गर्नुभएको हो ।
उहाँले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीय रूपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताउनुभयो ।
जिल्ला कार्यसमितिको असहमतिका बिच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपछि उपसभापति निधिले सभापति देउवालाई सम्बोधन गर्दै उक्त पत्र लेख्नुभएको हो ।