
नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति गठन गरेको छ ।
एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराउनुभएको थियो ।
महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन्
प्रतिनिधि व्यवस्थापन संगठन विभाग
जनपरिचालन : सुरेन्द्र पाण्डे
प्रचारप्रसार : योगेश भट्टराई
सांस्कृतिक : रघुजी पन्तरदेवी ज्ञवाली
आर्थिकः विष्णु रिमाल
स्वास्थ्य : भानुभक्त ढकाल
मञ्च व्यवस्थापन : शेरबहादुर तामाङ
अतिथि सत्कार : राजन भट्टराई
आवास व्यवस्थापन : कृष्णभक्त पोखरेल
स्वयंसेवक परिचालन : विनोद श्रेष्ठ
यातायात व्यवस्थापन : काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन : कपिल पोखरेल / पार्वती रावल