
नेपाल बार एसोसिएसनको अगुवाईमा भइरहेको आन्दोलनका क्रममा सोमबार प्रहरीले धरपकड गरेको छ।
कानुन व्यवसायीको सदाझै सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनका क्रममा आज प्रहरीसँग धकेलाधकेल भएको छ।
प्रहरीले अघिल्ला दिनमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीलाई जान रोक लगाए पछि धकेलाधकेलको स्थिति उत्पन्न भएको हो।
प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।
बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वाेच्च गेटबाट चार जना पक्राउ परेका छन् ।