
गत वर्ष भारतमा भएको २१ औं वल्ड पावर लिफ्टिङ च्याम्पियसीपमा रजत पदक विजेता तथा स्ट्रन लिफ्टिङका नेपालका राष्ट्रिय प्रशिक्षक समेत रहेका राजेश सुवाल प्रशिक्षक रहेको पोखरेली टिमले भारतको सिक्किममा हालै सम्पन्न चौथो स्ट्रन लिफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा पोखराका सुजन आलेले ३ स्वर्ण र आशिष आलेले २ स्वर्ण गरि कुल ५ स्वर्ण जितेका छन् ।
सुजनले ८५ के.जी. समुहमा सिनियर तर्फ १ स्वर्ण,खुल्ला प्रतिश्पर्धामा १ स्वर्ण र बेन्च प्रेसमा १ स्वर्ण गरी कुल ३ स्वर्ण जितेका हुन भने आशिषले १०५ के.जी.मा १ स्वर्ण र वेन्च प्रेसमा १ स्वर्ण गरी कुल २ स्वर्ण जित्न सफल भएका हुन । यस खेलमा
झापा,दाङ,सुर्खेत,पोखरा,काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको शहभागीता रहेकोमा नेपालले २१ स्वर्ण सहित कुल ३० पदक हात पार्न सफल भएको छ ।

वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण प्रबन्ध मिलाउने कार्य भने यस खेलका नेपालका प्रमुख प्रशिक्षक जिवन गिरी र यस खेलका सल्लाहकार केदारमान स्थापित ले गरेका हुन । यो खेलको विकास तथा प्रबद्धनको लागि गिरी र स्थापितले ज्यान दिलोज्यान दिएर कार्य गर्दै आएका छन् ।
अब २०२२ को मार्चमा क्रिकस्थानमा हुन लागेको विश्व स्ट्रन लिफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा नेपालको तर्फबाट पनि बलियो सहभागीता जनाउने तयारीमा रहेको प्रशिक्षक राजेश सुवालले वताए । सुवाल विगत डेढ दशक देखि शारिरिक सुगठनको क्षेत्रमा सक्रिय छन् र उनी पावर जिम पोखराका संचालक समेत हुन् ।
