
देशभर आज थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ४ सय ५१ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ३ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।
सङ्क्रमणका कारण आज थप २ जनाको निधन भएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ११ हजार ५ सय ४९ पुगेको छ ।
आज देशभर ३ लाख ३७ हजार एक सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।