
फाइल फोटो
नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गर्नुको कुनै औचित्य नभएको बताउनुभएको हो ।
कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहेको छैन ? भन्दै प्रश्न गर्नुभएको छ ।
यस्तो गरिए राष्ट्रघात ठहरिने रावलको चेतावनी छ । रावलको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।