
लगभग ४० भन्दा बढी नेपाली चलचित्रमा सहनिर्देशकको भुमिका निर्वाह गरी छोटो चलचित्र “स्ट्राईक” र “मदर”बाट दर्जन भन्दा बढी अवार्ड जित्न सफल निर्देशक परिच्छेद सेन र आधा दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका र प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र “वडाअध्यक्ष”का मुख्य अभिनेता तेज गरी विगत केही समय देखि कथा भन्ने नयाँ तरिका सहितको सिमान्त मानिसहरुको कथा बोल्ने कार्यक्रम “नदुखुन मनहरु” लिएर दर्शक माझ आएका छन् ।

सडकमा बसेर दैनिक गुजारा गरिरहेका सहारा विहीनी असाय ब्यक्तिहरुको ईच्छा, आकांक्षा, चाहना, सपनाहरु बुझी उनीहरुको चाहनालाई आंशिक तथा दिर्घकालिन रुपमा पुरा गरी उनीहरुको मुहारमा खुशी भर्ने हेतुले यो कार्यक्रमलाई अघि बढाएका हुन ।
यस कार्यक्रम हरेक शनिवार परिच्छेद (Parichhed Sen) नामक युटुयुब च्यानलबाट “नदुखुन मनहरु” शिर्षकमा प्रसारण हुनेछ भने आवश्यकता हेरी हप्तामा २-३ पटक पनि प्रसारण हुनेछ ।
यस अघि काठमाण्डौको सडकपेटीमा मागेर बस्ने भक्तपुरका महेन्द्र बैजु र ओखलढुङ्गाका केशव श्रेष्ठको कथाब्यथाको २ श्रृंखला प्रसारण भई सकेको छ । साथै अहिलेको लकडाउनको बेलामा सडकपेटीमा वसेका तथा दैनिक ज्यालादारीमा जिबिकोपार्जन गरिरहेका ब्यक्तिहरुको कष्टकर कथाब्यथा र उनीहरुको मुहारको खुशी सहितको ५ श्रृंखला तयार भईसकेको छ, जुन छिट्टै प्रसारणमा आउँदैछ ।

यस कार्यक्रमलाई छायांकन,सम्पादन र निर्देशन परिच्छेद सेनले गरेका छन् भने कार्यक्रमको प्रस्तोता तेज गिरी रहेका छन् । हामीले दुःखका कथाहरु धेरै लेख्यौं, धेरै पढ्यौं, धेरै हे¥यौं र धेरै देखायौं । अब पढेर, लेखेर र दुःख देखाएर मात्र हुदैन,समस्या र दुःख समाधानका निम्ति केही गर्नु पर्छ भन्ने सोचका साथ यो कार्यक्रमलाई अघि बढाएका हौं निर्देशक परिच्छेद सेनले बताए ।
निश्वार्थ रुपमा दुःखी र गरीवको मुहारमा खुशी छर्नको लागि लागेका छौं, तपाँईहरुको सानो सहयोग कसैको लागि लाख समान हुनेछ र तपाँईहरु पनि यस कार्यक्रमको सहयात्री भई कसैको मुहारमा खुशीका रङ्गहरु छर्न चाहनुहुन्छ भने यसच्यानललाई लाईक,कमेन्ट,सस्क्राईब र शेयर गरिदिनु हुन कार्यक्रम प्रस्तोता तथा अभिनेता तेज गरीले सम्पूर्ण दर्शक महानुभावहरुलाई समेत अनुरोध गरे ।
यस अघि प्रसारण भएको महेन्द्र बैजुको कथा-ब्यथाको भिडियो।