
फाइल फोटो
नेकपा (एमाले)का नेता डा.भीम रावलले नेकपा (माओवादी केन्द्र)को अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा.रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माअोवादी केन्द्रले कुण्ठित गरेको र यो जनवाद हुन नसक्ने उम्लेख गरे ।
चुन्न र चुनिन नपाउने कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्ट भएको उनको भनाइ छ ।
“माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो,” उनले भने,“महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो ।”