
नेपाल वायु सेवा निगमको विमान बुधबार साँझ अलपत्र परेका विदेशी पर्यटक लिएर अष्ट्रेलिया उडेको छ। चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउँदै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ।
लकडाउनका कारण नेपालमा रोकिएका २ सय ५० अस्ट्रेलियन नागरिक र न्युजिल्याण्डका पर्यटक तथा त्यहाँका ग्रिन कार्ड होल्डर स्वदेश फर्केका हुन्। ज
समा दुई वर्षमुनिका ७ जना बालबालिकासमेत रहेका छन्। उक्त विमानमार्फत अस्ट्रेलिया जानेमा ३५ जना नेपाली पनि रहेको विमानस्थल स्रोतले बतायो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ६ बजेर ९ मिनेटमा उडान भरेको निगमको वाइड बडी विमान मलेसिया हुँदै अष्ट्रेलिया पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
विभिन्न जिल्लामा अलपत्र परेका पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याइपछि अष्ट्रेलियाले निगमको विमान चार्टर गरी आफ्ना नागरिक स्वदेश फर्काएको हो। विमान मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियाको लिस्बन विमानस्थलमा अवतरण गर्नेछ।
यसअघि सिड्नी जाने भनिएको विमान त्यहाँ क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान नभएपछि उनीहरूलाई लिस्बन लगिएको हो। निगमको उक्त जहाज बिहीबार राति नेपाल फर्किने छ।