८ बैशाख २०८२, सोमबार

दार्चुलाको विकासका लागि सरकार गम्भीर : मन्त्री बडू

61e16468b2b72 Press Uniun Mantri Badu

कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रेस युनियन दार्चुलाले गरेको पत्रकार सम्मेलनमा मन्त्री बडुले सो कुरा बताउनुभयो ।

संसद अबरुद्ध भएका कारण कतिपय महत्वपूर्ण विधेयकहरु अगाडि बढ्न नसकेको र जनजीविकाका सवालहरु उठ्न नसकेको उहाँको भनाई छ । एमालेले उठाएको मुद्दा अदालतमा विचाराधिन रहेको उहाँले बताउनुभयो ।

दार्चुलाको विकासका लागि वर्तमान सरकारले विभिन्न योजनालाई प्राथमिकतामा राखेको मन्त्री बडूले बताउनुभयो । सरकारले महाकाली करिडोरलाई प्रमुख रुपमा हेरिरहेको छ, उहाँले भन्नुभयो, “त्यसमा दार्चुला तिंकंर सडक महत्तपूर्ण हो ।” केहि दिन पहिले मात्रै महाकाली लोकमार्ग (करिडोर) को लागि तीन अर्ब ९७ करोड रुपियाँको फाइल स्वीकृत भएको मन्त्री बडूले बताउनुभयो ।

सो बजेटबाट बैतडी र डडेल्धुरामा नयाँ ट्रयाक खुलाउन दार्चुलाको बेतबाट दक्षिणतर्फको १० किलोमिटर र खलंगादेखि हुतीसम्मको २० किलोमिटर सडक तीन बर्षभित्र कालोपत्रे गरिने मन्त्री बडूले बताउनुभयो ।

तिंकंर सडकमा ठेकेदारले काममा ढिलासुस्ती गरेको कारण कामले गति लिन नसकेकोले तुसरपानीदेखी कोठेधारसम्मको चार किलोमिटर ठेक्का अबरुद्ध गरेर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

जोलजिवि हुँदै लाली जोड्ने सडकको बाकु भिरमा लामो समयदेखि काम रोकिएको बताउदै उहाँले भिर फुटाउन ५०० केजि जिलेटिनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

ऐरिछाना रिठाचौपातादेखि सर्मोली हुँदै धनथला पुग्ने सडक प्रदेशमा गएपछि काम नभएकोले यो बर्ष संघीय सरकारले कार्यान्वयन गर्ने गरी तीन करोड बजेट विनियोजन गर्दै ठेक्का पक्रियामा गएको मन्त्री बडूले बताउनुभयो ।