
फाइल फोटो
भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले मधेसमा हिंसात्मक गतिविधि नगर्न सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिनुभएको छ ।
मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले मधेसमा हिंसात्मक गतिविधि जारी राखेको भन्दै राउतप्रति आक्रोश व्यक्त गर्नुभएको हो । मधेसमा हिंसात्मक गतिविधि जारी राख्दा अर्को गौर घटना दोहोरिन सक्ने भन्दै मन्त्री यादवले चेतावनी दिनुभएको हो ।
तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरिएको थियो ।
मन्त्री यादवले मधेस आन्दोलनका नाममा अब कुनै हिंसात्मक गतिविधिका लागि छुट नहुने प्रष्ट पार्नुभयो । राजनीतिक शक्ति भए सिंहदरबारमा गएर घेराउ गर्न समेत उहाँले राउतलाई चुनौति दिनुभयो ।