
स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित सन्दकपुर गाउँपालिकाका १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गर्नुभएकाे छ । आज (साेमवार) एक कार्यक्रमका बीच राई एमाले प्रवेश गर्नुभएकाे हाे ।
स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुँनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले पार्टीमा स्वागत गरेको छ।
सन्दकपुर गाउँपालिकाका पाँच वडा रहेकामा चार वडामा एमालेको नेतृत्वले वडाध्यक्ष जितेकाे थियो भने एक वडामा माओवादीबाट राई विजयी हुनुभएकाे थियाे ।
राई जिल्ला भरमै माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुनुहुन्छ । उहाँसहित सोही वडाकी एक महिला जनप्रतिनिधि मात्र माओवादीबाट निर्वाचित हुनुभएकाे थियाे ।