
कलाकार सुनिल थापाले नभ्याएपछि कलाकार प्रशान्त ताम्राकार ‘लाखे’मा मुख्य खलपात्रको रुपमा भित्रिएका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो चलचित्रको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ ।
त्यस्तै यसअघि खलपात्रको रुपमा थापा अनुबन्धित भएका थिए । उनले बलिउड चलचित्रमा काम गर्ने तयारी गरेपछि ‘लाखे’मा समय दिन नभ्याएका हुन् ।
हाल ताम्राकार ‘लाखे’मा मुख्य खलपात्रको रुपमा भित्रिएका छन् । ताम्राकारलाई थापाको सहमतिमै चलचित्रमा अनुबन्धित गरिएको निर्माणपक्षले बताएको छ ।
सम्राट बस्नेतको निर्देशन रहेको उक्त चलचित्रमा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा लगायतका कलाकारको मुख्य भूमिका छ ।