९ बैशाख २०८२, मंगलवार

प्रवेश गर्दै आजदेखि पश्चिमी न्यून चापीय प्रणाली नेपालमा

weather LEFo8jlXjJ

नेपालमा आजदेखि पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्दैछ ।

पश्चिम नेपालबाट वर्षा(हिमपात गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको छ।

यसको प्रभावका कारण भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस र प्रदेश(१ मा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार भने देशैभर सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पहाडी तथा तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाले विज्ञप्तीमार्फत चेतावनी जारी गर्दै मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।