
बल्ल बल्ल जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटको अवस्थामा पुगेको छ।
गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेपछि कमल थापाले पार्टी फुटाउने तयारी गरेका हुन् । यसका लागि उनले निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न आज अल्टिमेटम दिएका छन्। थापाले राजसंस्था छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका हुन् ।
उनले आज काठमाडौँमा आफूपक्षिय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने नभए अर्को दल खोल्ने जानकारी गराएका हुन् ।
पूर्वअध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफूपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् ।
उनले भनेका छन्–‘आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ । मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’
“स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्नुपर्ने विकल्प हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस्,” थापाले आफूनिकट नेताहरुलाई सम्बोधन गर्दै भने ।
यद्यपि समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने उनले बताए । उनले भने,“म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मलाई सुन्नुस् ।
उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका छन् ।
भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरु सहभागी थिए।