
बुधवार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको कार्यसूचीमा बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७÷७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
यस्तै, सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्नुहुनेछ । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।