
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ ।
एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको संसद बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो । एमालेले गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ ।
संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको एमालेका बताउदै प्रमुख सचेतक विशाल भट्टराईले एमालेको पूर्ववत अभियान र अवरोध जारी नै रहने बताउनुभयो ।
संसदको अवरोध अन्त्यका लागि सभामुखले निर्णय सच्चाउनुपर्ने वा राजीनामा दिनुपर्ने अडान यथावत रहेको प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
नेता भट्टराईले प्रमुख प्रतिपक्षकै कारण सरकारले स्थानीय तहको मिति तोक्न बाध्य भएको दाबी समेत गर्नुभयो ।