
नेपालमा थप ८ सय ३६ जना कोरोना संक्रिमत थपिएका छन् भने थप ४ जनाको निधन भएको छ ।
४ हजार २ सय ६० पीसीआर परीक्षणमा ४ सय सय ९१ र २ हजार ३ सय ९४ एन्टिजेन परीक्षणमा ३ सय ४५ गरी ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा २ सय ७ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १ सय ६६, ललितपुरमा ३१ र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ४ जनाको निधन भएसँगै नेपालमा कुल मृतकको संख्या ११ हजार ८ सय ८२ पुगेको छ ।
पछिल्लो पटक १ हजार ८ सय २६ जना संक्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार १ सय २ जना सक्रिय संक्रमित छन् । २ सय जनाको आइसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक २ लाख ८८ हजार ८ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।