
चारदेशीय टी–२० श्रृङ्खलाको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।
शनिवार ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।
यसअघि पहिलो सिरिजमा नेपालले शुक्रबार ओमानलाई पराजित गरेको थियो ।