
उत्तेजनक हेडलाईन बनाएर अफवाह फैलाउनेलाई साइबर व्यूरोले कारवाही गर्ने भएको छ ।
व्यूरोले आज जारी विज्ञप्तिमा भनिएको छ, विगत केही समयदेखी बिभिन्न व्यक्ति तथा समुहले प्रविधिको दुरुपयोग गरी युटुब, टिक टक लगायतका सामाजिक संजालहरुमा पल शाहको पक्षमा उत्तेजनक हेडलाईन बनाएर अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुयाउने, पिडितको गोपनीयताको हक हनन् भएको भन्दै कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिएको हो ।
