
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ ।
बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने माओवादी कार्यालय स्रोतले जनाएको छ । हिजो बस्ने भनिएको केन्द्रीय समिति बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । नेताहरुबीच पदाधिकारी चयनका विषयमा मतभेद कायम रहेपछि बैठक स्थगित भएको बताइएको छ ।
शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा नेता श्रेष्ठले एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको आलोचना गर्नुभएको थियो । तर अध्यक्ष दाहालले भने त्यसको बचाउ गर्नुभएको थियो ।
आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ ।