
फाइल फोटो
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको बताउनु भएको छ ।
मोरङको रंगेलीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले हरियो रङ नभई रातो रङ राख्दा प्रष्ट देखिने भएकाले रातो बनाउन निर्वाचन आयोगलाई आग्रह समेत गर्नुभयो ।
अध्यक्ष ओलीले माधवकुमार नेपालले पार्टी छाडेपछि पिलो निचोरेजस्तो हाइसन्चो भएको दोहोर्याउनुभयो । उहाँले प्रचण्ड हजार जिब्रा भएको शेष नाग भएको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रबाट जितेका मोरङको रंगेली नगरपालिकाका मेयर दीलिप अग्रवालसहितका जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गराउन ओली रंगेली पुग्नुभएको हो ।