
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’ मा टिप्पणी गर्दै समर्थन जनाएका छन्।
गीत विवादमा तानिएपछि भट्टराईले सपसतको समर्थन गरेका हुन् । गायक सपुतको भरखरै सार्वजनिक भएको गीतमा टिप्पणी गर्दै पूर्व माओबादी लडाकुहरु देह ब्यापारमा संलग्न रहेको स्वीकारेका हुन्।
भट्टराईले ‘तीतो सत्य स्वीकारौं, समाधान खोजौं, प्रकाश सपुतलाई नसरापौं’ भन्दै उनले ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। गीतमा पूर्व लडाकु महिला पछि देहव्यापारमा संलग्न रहेको दृश्य पनि देखाइएको छ।
गीत ‘पिर’मा समाबेश पूर्व लडाकु देह ब्यापारमा संलग्न भएको दृष्य प्रति माओबादी नेताहरुले आपत्ति जनाइरहदा बाबुरामको यस्तो भनाई आएको हो ।
उनले ट्वीटरमा अगाडि लेखेका छन् ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’ उनले भनेका छन्।
उनले अनुसन्धानको क्रममा आफुले प्रत्यक्ष बुझेको भन्दै सन्तान र लोग्नेको उपचारका निम्ती महिलाहरु देह ब्यापार गर्न बाध्य भएको उल्लेख गरेका छन् । हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् तीतो सत्य स्वीकारौंसमाधान खोजौं प्रकाश सपुतलाई नसरापौं’ उनले लेखेका छन् । माओबादी शशस्त्र युद्धको नेतृत्व कर्ता मध्येका एक भट्टराईको यो भनाईले गीत यथार्थसँग नजिक रहेको बुझ्न सकिन्छ ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट् गर्दै डा. भट्टराई लेख्छन – ‘तथ्यबाट सत्य खोज’ मार्क्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु – महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं; समाधान खोजौं;
@PrakashSaput लाई नसरापौं !
माओवादीका नेता कार्यकर्ताहरुले सपूतको पीर गीत हटाउन दबाब दिएका छन् ।