
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ ।
सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको भोलिपल्ट एमालेले आज दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।
बैठक नयाँ बानेश्वरमा बस्ने एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
एमाले संसदीय दलका उपनेता नेम्वाङका अनुसार अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो बैठक नियमित रुपमा बोलाइएको उहाँले बताउनुभयो ।