
आज कोरोना भाइरसबाट ४५ जना संक्रमित भएका छन् ।
४ हजार ७ सय ५२ नमुनाको परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर ३ हजार १ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा १ सय ४७ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिलेसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९ लाख ६३ हजार १ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निको भएको दर ९८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।