
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुण दलमा तरंग छाएको छ। यो कदमको सत्तारुढ दलकै नेताहरुले यसमा असन्तोष प्रकट गरिरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छन् ।
यस्तो बेलामा अध्यादेश ल्याउनु लोकतन्त्रका लागि फाइदा नहुने भन्दै नेकपाकी नेतृ रामकुमार झाँक्रीले असन्तोष प्रकट गरेकी छिन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो? किन कुबुद्धि आएको?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन कुबुद्धी पलाएको भन्दै प्रश्न गरेकी छन् ।
उनले भनेकी छिन् ‘कमरेड ! कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भएपनि त्यो अपराध हो । किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ । विभाजन होइन ।’
यसैगरी उनले पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भए त्यो अपराध हुने दाबी गरेकी छिन्। ‘कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ।जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो,’ उनले थप भनेकी छिन्, ‘किन की आज हामीलाई राजनीतिक एकता चाहिएको छ। विभाजन होइन।’
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन्।