
पोखरामा चैत अन्तिम साता २० औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
चैत २३ देखि सुरु हुने प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ ल्यान्डिङ ओभरअल, महिलातर्फ ल्यान्डिङ टिम ल्यान्डिङ, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो, कस्टुम विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
अहिले नेपाली र विदेशीले अनलाइनबाटै नाम दर्ता गरिरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विदेशीका सङ्ख्या भन्दा नेपाली नै बढिले सहभागिता जनाउने गरेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित प्रतियोगिता हुन सकेको थिएन ।