
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरि दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ ।
आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो । निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई निर्देशन दिइएको आयोगको भनाइ छ ।
निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानून बमोजिम निर्वाचनको प्रचार प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध नपुर्याउन भनिएको छ । निर्वाचनको अवधि भित्र कुनै मतदातालाई प्रभावित पर्ने खालका काम नगर्न पनि भनिएको छ । स्थानीय प्रशासनको अनुमति विना चुनावी कार्यक्रम गर्न आयोगले रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनावी कार्यक्रम गर्न कम्तीमा ७२ घण्टा अघि स्नीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्ने जनाएको छ ।
निर्देशनको पूर्णपाठ हेर्नुहोस् :






