
प्रविधिको विकाससँगै निर्वाचनताका हुने चुनावी प्रचारको शैली पनि परिवर्तन भएको छ । अहिले दलहरु परम्परागत शैली छाडेर सामाजिक सञ्जालदेखि विद्युतीय माध्यमको प्रयोग र घरदैलो अभियानमार्फत चुनावी प्रचारमा छन ।
राजनीतिक दलहरु तिव्र चुनावी प्रचारमा होमिँदै गर्दा सामाजिक सञ्जालको सदुपयोगदेखि निर्वाचन आचारसंहिता अक्षरस पालना गर्ला ? सूचना प्रविधिको वर्तमान समय इन्टरनेट र सामाजिक सञ्जाल सूचना र सम्पर्कको प्रभावशाली माध्यम बनेको छ ।
दुरदराज देखि राष्ट्रिय राजनीतिमा समेत विचार र सूचना प्रवाह र आम नागरिकलाई सूसुचित गर्ने प्रभावकारी माध्यम सामाजिक फेसबुक,ट्वीटर,इन्टाग्राम, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल अत्यावश्यक प्राय बनेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको जमात बढ्दो छ । आसन्न स्थानीय तह निर्वाचनको रौनकताबाट टाढिने कुरै भएन । सर्वसाधरणको घरदैलोमा भन्दा चुनावी रौनकता सामाजिक सञ्जालमा देख्न सकिन्छ । फलत पछिल्लो समय राजनीतिक दल र नेताहरुले यी सामाजिक सञ्जाललाई नागरिकसँग जोडिने महत्वपूर्ण माध्यम बनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचनलाई लक्षित गर्दै पछिल्लो समय सबैभन्दा लोकप्रिय बनेको टिकटकलाई रोजेका छन । एमालेको साइवर सर्कलले करिव ४ लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगीता नै सुरु गरेका छन ।
प्रतियोगीता चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ यसरी टिकटकमा भिडियो प्रतियोगिता गर्न पाइन्छ वा पाइँदैन भन्ने निर्वाचन आचारसंहिताले किटान गरेको छैन ।
यद्यपि निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ मा सबैले पालना गर्नुपर्ने आचारणमा, १८ वर्ष उमेर पुरा नभएका बालबालिकालाई निर्वाचन प्रसार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । तर एमाले साइवर सर्कलले टिकटक बनाउने कुनै मापदण्ड तोकेको छैन ।
अर्कोतर्फ टिकटक प्रतियोगितामा नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीको सिद्धान्तलाई केन्द्रमा राखेर भिडियो बनाउनुपर्नेछ । समग्रमा भन्दा नेकपा एमालेको टिकटक अभियान चुनाव प्रचारको महत्वपूर्ण थलो बन्ने देखिन्छ ।
के यो निर्वाचन आचारसंहितामैत्री छ ? किनभने निर्वाचन आचारसंहितामा कुनै अन्य प्रयोजन प्रकाशन वा प्रसारण भएको सुचना वा सामाग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उदेश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने उल्लेख छ ।
यस्तो विषयमा आयोगले कसरी नियमन गर्ला ? दनेशकुमार थपलिया, प्रमुख आयुक्त, निर्वाचन आयोग शुक्रबार राती १२ बजेदेखि स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।
निर्वाचन आचारसंहितामा तोकिएको सबै विषय राजनीतिक दलहरुले अनिवार्य पालना गर्नुपर्छ । यो पटक आचारसंहितामा आयोगले कडाई गरेकोप्रति दलहरु आयोगसँग चुनाव अगावै रुष्ट छन । यस्तो अवस्थामा बढ्दो प्रविधिको प्रयोग र कमजोर संयन्त्रका कारण चुनाव थप भड्किलो बन्ने निश्चित छ ।