
फाइल फोटो
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति भण्डारीले वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।
राष्ट्रिपति कार्यालयले आज विज्ञप्ती जारी गर्दै निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको स्वीकृति भएको उल्लेख गरेकोछ ।
