
पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार अहिले पूर्वी भू-भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा छ तर दिउँसोसम्म वर्षा हुने सम्भावना भने कायमै छ ।
दिउँसोसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रिमनसुनसमेत सुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान छ ।
मौसमविद् श्रेष्ठ का अनुसार काठमाडौं उपत्यकामा चिसो बढेको नभइ चिसो बढेजस्तो भएको बताउँछन् । उनले तापक्रमका अनुसार तुलना गर्दा बुधबार न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेकामा बिहीबार १४ डिग्री रहेको बताए ।
बादल रहनु र पानी परिरहेका कारणले चिसो बढेजस्तो भए पनि खासमा चिसो नभएको उनको भनाई छ ।