
बैशाख ९ गते अमेरिका बस्दै आएका इन्जिनियर आशीष गेलालसँग लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन पोखरा निस्किएकी छन् ।
नवविवाहित यो जोडी हनीमुन मनाउन पोखरा पुगेकी हुन् ।
वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी सेयर गर्दै श्रीमानसँग पोखरा गएको जनाएकी छन् । स्टोरी सेयर गर्दै वर्षा लेख्छिन्, ‘आफ्नी श्रीमतीसँग जीवनमा पहिलो पटक पोखरा घुम्न पाएर मिस्टर गेलल उत्साहित छन् ।’
पति आशिष गेलालसँग वर्षा आइतबार पोखरा उडेकी हुन् । वर्षाले किस्ता–किस्तामा आफ्नो विवाहका भिडियो र तस्वीर सेयर गरिरहेकी छन् ।