
वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ । लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको हो ।
सरकारले यसअघि वैशाख २५ गतेसम्म तिरेमा जरिबाना नलाग्ने सबै शीर्षकका करको समयावधि फेरी पनि बढाएको छ ।

