
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज (शनिबार) चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाइसकेका छन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न पाएका छन् ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिएकाे बताउनुभयाे ।
स्वतन्त्र उम्मेदवारहरूका लागि निर्वाचन आयोगले लाैराे, ‘आँप’, भ्यागुतो, भुइकटहर, खसीको टाउकोदेखि गुलावको फूलजस्ता निर्वाचन चिह्न प्रदान गरेको अर्यालले बताउनुभयाे ।
आयोगका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।