९ बैशाख २०८२, मंगलवार

सहज जितसँगै युनाइटेड छैटौं स्थानमा

cristiano ronaldo 111019

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ । 

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले  १-१ गोल गरे । 

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।