८ बैशाख २०८२, सोमबार

माओवादी केन्द्रले खाता खोल्यो अर्घाखाँचीमा, मालारानी-९ मा खनाल विजयी

maiost

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् ।

एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर भट्टराईले ५१० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धन पक्षधर नेपाली कांग्रेसका शोभाखर खनालले ८४३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ५५१ मत प्राप्त गरेका छन् ।