१० बैशाख २०८२, बुधबार

दुई युवाले राखे बालेन शाहको हार जितलाई लिएर खसी बाजी

balen 1651301959

काठमाडौँ महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले २ हजार ८ सय २० मत पाएका छन् ।

उनलाई एमालेका केशव स्थापितले १ हजार ५ सइ ७ मतसहित पछ्याइरहेका छन् । मतगणना जारी छ । शाहले अग्रता बढाउँलै लैजाँदा उनको चर्चा झनै चुलिँदै गएको छ । अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ भने केहीले अग्रता बढाउँदै लगे पनि चुनाव निजित्ने बताइरहेका छन् ।

काठमाडौंमा कसले जित्ने भन्ने विषयमा खोटाङमा भने दुई जनाले बाजी नै राखेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने भनी कागज गरेका हुन्।

उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेका हुन् । तर, यसरी बाजी राख्नु गैरकानुनी हो। लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्।

विजय फूयाल र रमेश खड्काले कागजी सम्भौता पत्रमा हरुताक्षर सहित प्रतिस्प्रधा गरेका छन् । उनीहरुबिच बालेन शाले जितेमा रमेशले २८ केजीको खसी दिने र नजितेमा विजयलाई रकेशले २८ केजी बराबरको रकम दिने सम्झौता भएको छ ।

281024632 10222038201570031 1698697352680368298 n