
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुमान अनुसार धेरै खालका मौसमी प्रणाली सक्रिय रहेकाले मौसम सफा हुन केहि दिन अझै लाग्ने छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार आज (आइतबार) पनि देशका सबै भेगमा तर केही स्थानमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना देखिएको जानकारी दिए।
उनका अनुसार ‘यो एरिया मात्रै मौसम बदली छ भनेर भन्न सकिने अवस्था छैन, देशका जुनसुकै स्थानमा मेघगर्जनसहितको वर्षाको सम्भावना छ,’ ।
कतिपय ठाउँमा अहिले पनि वर्षा भइरहेको उल्लेख गर्दै उनले विशेषगरी अपराह्नपछि हावाहुरी, मेघगर्जन, चट्याङ र असिना पानीको सम्भावना देखिएको बताए। आज काठमाडौं उपत्यकामा पनि यस्तै वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।
अझै कम्तीमा तीन दिन मौसम सफा हुने सम्भावना नरहेको पनि उनले बताए। ‘दुई-तीन दिनयता मौसम खुल्ने संकेत देखिएको छैन,’ उनले भने।