
नेपाली राष्ट्रिय महिला भलिवल टोलीका सदस्य उषा भण्डारी र कामना विष्ट माल्दिभ्स घरेलु लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रिय भलिबल टोलीकी पूर्व सदस्य कोपिला उप्रेतीको समन्वयमा नेपाल पुलिसका ओपन स्पाइकरसमेत रहेका दुई खेलाडी पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।
माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ राष्ट्रिय लिगमा १० टोली सहभागी छन् । माल्दिभ्स लिग यही १९ मे बिहीबारदेखि ३१ मेसम्म चल्नेछ ।
जसमा कामनाले माल्दिभ्स पुलिस सर्भिसबाट खेल्नेछिन् भने उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्नेछन् ।