
नेकपा एमालेका सांसद मोहन बानियाँ संसदबाट निलम्बनमा पर्नुभएको छ ।
मंगलवार शुरु भएको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा पर्नुभएको जानकारी गराउनुभएको हो । निलम्बित सांसद बानियाँ बलात्कार अभियोगमा हाल पुर्पक्षका लागि प्रहरी थुनामा हुनुहुन्छ ।