
उदयपुरको कटारीमा मत गणनाको कारणले गर्दा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधा काम बन्द गरिएको छ । आज बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।
कटारीका प्रमुख प्रशासकिय अधिकृतका अनुसार नगरपालिका कार्यालमा मत गणना गरिने भएकाले अत्यावश्यक काम बाहेका सबै सेवा सुविधा अनिचितकालको लागि बन्द गरिएको बताएका छन् ।
उक्त बन्द अवधिमा सेवाग्राहीलाई हुने कठिनाई प्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।
१३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी
कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् ।
यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
दुई वटा वडामा मत गणना गर्दा नेपाली काग्रेसका नगर प्रमुखका उम्मेदवार राजेशचन्द्र श्रेष्ठले ९२१ मत नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ९०४ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र केपी बरालले ८९ मत पाएका छन् । नगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले ७३६ मत, नेकपा एमालेकी गिता खड्काले ९५७ मत पाएकी छिन् भने स्वतन्त्रले १३७ मत ल्याएका छन् ।
चौदण्डीगडीमा एमालेको लामा र दुलाल निर्वाचित
उदयपुरको चौदण्डीगढी नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा एमाले निर्बाचित भएका छन् । नगर प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८८६३ मत प्राप्त गरेको छ ।
निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गरेको छ । नगर प्रमुखमा ८५१ मतान्त।ले लामा निर्बाचित भएका हुन । त्यसैगरी नगर प्रमुखमा नेकपा एकिकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४३७५ मत प्राप्त गरेको छ ।
नगर उप–प्रमुखमा एमालेकै मणिकादेवी दुलालले ९५६६ मत प्राप्त गरि बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका रिताकुमारी चौधरीले ७७६० मत प्राप्त गरेकी छिन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका हिरा थापा तिम्सिनाले ३५११ मत प्राप्त गरेको छ ।
त्यसैगरी वडाध्यक्षहरुमा क्रमश १ मा नेकपा एमालेका सिताराम राई, २ मा नेकपा एमालेका हरिबहादुर खडका, ३ मा नेपाली काग्रेसका पर्शुराम राई, ४ मा नेकपा एमालेका लुङ्गाराज राई, ५ मा नेकपा एमालेका तुलसीराम ढकाल, ६ मा नेपाली काग्रेसका अम्बरबहादुर खड्का, ७ मा नेकपा एमालेका केशब अधिकारी, ८ मा नेकपा एमालेका भगनाथकुमार मगर, ९ मा नेकपा एमालेका प्रकाशकुमार राउत र १० मा नेकपा एमालेका धर्मेन्द्रकुमार खड्का निर्बाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।