
बूढानीलकण्ठ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका हुन् ।
प्रमुख अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदै नेपाली काँग्रेसका विनोद चालिसेलाई पराजित गर्नुभयाे । चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गर्नुभएकाे हाे।
उपमेयरमा निर्वाचित लामाले १४ हजार ३ सय १४ मत ल्याउँदै प्रतिद्वन्द्वी काँग्रेसकी रमिला वाग्लेलाई पराजित गर्नुभयाे। वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएकाे छ ।