
नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले छ । यो अवस्थामा जोखिम कायमै रहेकाले मन्त्रिपरिषद्को आइतबारको पछिल्लो बैठकमा लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।
स्रोतका अनुसार खुला सिमानाका कारण नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको बुझिएको छ ।
आइतवार एकैदिन १६ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले थप सतर्कता अपनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए।