
सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै निधन भएको छ ।
मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।
काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।
बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।