
दोस्रो चरणमा एलेकसान्डा सास्नोभिचसँग पराजित भएसँगै इम्मा राडुकानु फ्रेन्च ओपन ग्रान्डस्लामबाट बाहिरिएकी छिन् ।
बुधबार भएको खेलमा विश्व वरीयताको १२औं स्थानकी राडुकानु बेलारुसकी सास्नोभिचविरुद्ध पहिलो सेटमा जित निकाले पनि त्यसपछिको दुई सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।
राडुकानु वरीयताको ४७औं स्थानमा रहेकी सास्नोभिचसँग ६–३ १–६ १–६ को सेटमा पराजित भइन् ।
राडुकानुको चुनौती पन्छाएसँगै सास्नोभिचले तेस्रो चरणमा एन्जेलिक कार्वेर र एल्सा ज्याक्युमोटबीचको विजेतासँग खेल्नेछिन् ।