
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका मागसम्बन्धी विरोधका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।
एक प्रेस विज्ञप्ति जारी गरी मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सीमावर्ती मूल्य अन्तर समेतका आधारमा करका दर रेट समायोजन गरी मूल्य घटाउने निर्णय भइसकेको र सो बमोजिम अर्थ मन्त्रालयमा गृह कार्य भइरहेको जनाएको हो ।
