
लकडाउनमा जिल्ला प्रशासनबाट जारी भएको सवारी पासको दुरुपयोग भएको गुनासो बढेपछी थप कडाइ गरिएको छ।
गृहमन्त्रालयले ७७ वटै जिल्लामा सवारी पासमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। यसकारण अब एउटा जिल्लाबाट जारी भएको पास लिएर अर्को जिल्लामा जान पाइने छैन।
अत्यावश्यक कामका कारण एक जिल्ला बाट अर्को जिल्ला जानु परेमा दुवै जिल्ला प्रशासनसँग अनुमती लिनुपर्नेछ ।
त्यस्तै काठमाडौं छिर्ने नाकामा पनि कडाइ गरिएको छ। अत्यावश्यका बाहेक जिल्लाले जारी गरेका पास भएका सवारी साधनलाई पनि प्रवेशमा कडाइ गरिएको प्रहरीले जानकरी दिएको छ।