
आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्क विहीन भएको छ ।
विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए ।
तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।
म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।
बिमान सामान्य अवस्थामा बिमानहरु प्राय: १७ देखि बढीमा २० मिनेटमा जहाज गन्तब्यमा पुग्ने गरेको छ । तर तारा एअरको विमानमा भने उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।