
लकडाउन उल्लंघ गर्नेमा उपत्यकाभित्रका तीनवटा जिल्ला मध्ये सबैभन्दा धेरै काठमाडौंमा कारबाहीमा परेका छन्। आज बिहान ८ बजेसम्म ३ सय २१ जना महिला सहित १२ सय ५७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै लकडाउनको समयमा जारी भएको सवारी पास बिना सवारी कुदाएका ७९ वटा सवारी नियन्त्रणमा लिइएको छ।
चैत ११ गतेबाट जारी भएको लकडाउन आज ४५ दिन पुगेको छ भने सरकारले आज लकडाउन थप्ने नथप्ने बारे निर्णय गर्दै छ ।